stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुडविल फाइनान्सको १२% लाभांश घोषणा, पुस २९ गते वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुडविल फाइनान्सले १२% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले ८.४% बोनस सेयर र ३.६%नगद गरी कुल १२% लाभांश दिने निर्णय गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न गुडविलले पुस २९ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

सभा होटल क्राउन इम्पेरियल, रवि भवन, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जनाएको छ ।

साधारण सभाका लागि कम्पनीले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउने छन् ।

IME Lifesidebar
kumari