citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंक मर्ज–एक्विजिसनका लागि तयार, पुस २७ गते बोलायो वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  हिमालयन बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले २०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत आर्थिक वर्षको नाफाबाट १४% बोनस सेयर र ६% नगद गरी कुल २०% लाभांश वितरण गर्न लागेको हो ।

बैंकको अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब पुर्याउने एजेन्डा पनि छ । सभा बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज, एक्विजीसन हुन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चाला समितिलाई दिने एजेन्डा पनि छ । बैंकको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउने छन् ।

IME Life
kumari