पोखरा फाइनान्सको लाभांश घोषणा
काठमाडौं । पोखरा फाइनान्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५.२६% लाभांश प्रस्ताव गरेको हो
। जसमा ५% बोनस सेयर र कर प्रयोजनमा ०.२६% नगद लाभांश रहेको छ । यसर्थ, पोखरा फाइनान्सले ४ करोड ५८ लाख ६४ हजार ८६ रुपैयाँ बराबरको रकम बोनसमा खर्च गर्नेछ ।
यस्तै, कर प्रयोजनको लागि २४ लाख १३ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गरिनेछ । प्रस्तावित लाभांश लगानीकर्ताले नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि पाउनेछन् । गत वर्ष कम्पनीले ७% बोनस सेयर र ७.२५ गरी कुल १४.२५ लाभांश वितरण गरेको थियो ।























