stcnepal long ad
ime life insurance
national life
global ime bank long

रिलायन्स फाइनान्सको बीमासहितको ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो ११ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न सरकारी, गैर सरकारी तथा निजि कम्पनीहरुमा कार्यरत कर्मचारीलगायत सर्वसाधरणलाई लक्षित गरि ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

उक्त शिर्षकमा खाता खोली कारोबार सञ्चालन गर्ने ग्रहाकहरुका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा रु.३ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा १ लाखसम्मको १८ प्रकारका घातक रोगहरुको बीमा उपचार सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाईनान्स लिमिटेडको तर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरी सम्झौता पत्र एक अर्कालाई हस्तान्तरण गरे ।

IME Lifesidebar
kumari