stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेसनल माइक्रोफाइनान्सको नाफा सामान्य घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेसनल माइक्रोफाइनान्सले ४ करोड ८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमाभन्दा २.७२% ले कम हो । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ४ करोड २० लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घट्न दबाब पुगेको हो ।

यसअवधिमा खुद ब्याज आम्दानी ९६ हजार रुपैयाँले घटेर ८ करोड ६७ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ८ करोड ६८ लाख ५ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी कमाएको थियो ।

यता, सञ्चालन नाफा पनि २।७२५ ले घटेर ६ करोड ४८ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले ६ करोड ६६ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५३% ले बढेर २.२८% पुगेको छ । यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ६० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ०४ पैसा छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार र जगेडा कोषमा २५ करोड ३५ लाख ९२ हजार रुपैयाँ छ ।

IME Lifesidebar
kumari