stcnepal long ad
ime life insurance
national life
global ime bank long

एभरेष्ट इन्स्योरेन्सको नाफा ५१.०८% ले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्स्योरेन्सको नाफा ५१.०८% ले बढेर ३ करोड ५ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा इन्स्योरेन्सले २ करोड २ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा एभरेष्टको खुद बिमा शुल्क १.५२% ले बढेर १२ करोड ११ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा इन्सुरेन्सले ११ करोड ९२ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको बिमा कोष ४४.०८% ले बढेर ३४ करोड २० लाख १४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसको बिमा कोषमा २३ करोड ७३ लाख ७७ हजार रुपैयाँ थियो । यसअवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोषमा २८ करोड ९८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीले २७ करोड १७ लाख ७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम १ अर्ब ४ करोड २८ लाख ७६ हजार रुपैयाँ छ ।

यसअवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६५ पैसा छ ।

IME Lifesidebar
kumari