stcnepal long ad
ime life insurance
national life
global ime bank long

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले असोज १६ गते शुक्रबारबाट निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

फाइनान्सले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि भाद्र १२ गते, शुक्रबार एक दिनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसैले, भाद्र ११ गते बिहीबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आज कात्तिक ६ गते, बिहीबार सम्म मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालय, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari