धितोपत्र बोर्डले नेपाल फाइनान्सलाई हकप्रद सेयर जारी गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर १.२% को अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।
यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने छ ।























