बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा असार १८ गते बुधवार काठमाडौँमा सम्पन्न भएको छ ।
उक्त साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने लगाएतका प्रस्ताब पारित भएको छ ।
साधारण सभाले प्रा.डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली निर्विरोधरुपमा सञ्चालकमा निर्वाचित गरेको छ ।
संस्थाले आफ्ना समस्त शेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवाला प्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम वित्तीय सेवा मार्फत सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।