citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बेष्ट फाइनान्सको सीईओमा बालनरसिंह घर्ती

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । एक दशकपछि बालनरसिंह (बीएन) घर्ती पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका छन् । घर्तीमाथि लागेका आरोप अदालतले सफाइ दिएपछि उनी पुनः बैंकिङ क्षेत्रमा सक्रिय बनेका हुन् ।

बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ ।

फागुन २६ गतेदेखि लागू हुने गरी घर्ती फाइनान्स कम्पनीको सीईओ बनेका हुन् । उनलाई आगामी ४ वर्षको लागि फाइनान्सको सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनी तत्कालीन किष्ट बैंकको कामु सीईओ भएर काम गरेको बेला मुद्दा परेको थियो । लामो समय कानुनी झन्झटमा रहेका उनले अदालतबाट ‘क्लिनचिट’ पाएपछि बैंकिङमा पुनः फर्किएका हुन् ।

अब्बल बैंकरका रूपमा पनि परिचित उनले केही समयअघि मात्रै ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

gold
kumari bank