stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो हुनुभएको छ । पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६०,००० (साठी हजार) तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४०,००० (चालीस हजार) रूपैयाँ पुरस्कार पाउनु भएको छ ।

कार्यक्रममा विजेतासहित कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

‘कन्ट्रि राउन्ड’मा इटहरी, काठमाडौँ, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धि रहनुभएको थियो ।

‘न्ट्रि राउन्ड’ अघि सञ्चालन गरिएका ‘ब्रान्च राउन्ड’ र ‘क्लस्टर राउन्ड’मा उत्कृष्ट भएकाहरू कन्ट्रि राउन्डका लागि छनोट हुनुभएको थियो ।

ब्रान्च राउन्डमा ४ सय ७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले वि.सं. २०८० बाट ‘सांग्रिला क्विज’ सञ्चालन गर्दै आएको छ ।

उक्त कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गर्नुभएका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।

ग्राहकहरुको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

prabhu mahalaxmi
kumari bank
kumari