citizens life insurance long ad
stcnepal long ad

बेष्ट फाइनान्स कम्पनीको ५ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीले संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर कम्पनीका विद्यमान शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।

इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ।

तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

IME Life
kumari