citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

काठमाडौं उपत्यकाका केही स्थानमा आज विद्युत् अवरुद्ध हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

gold
himalayan life insurance long ad