stcnepal long ad
ime life insurance
national life
global ime bank long

मञ्जुश्री फाइनान्सको १७ औं साधारण सभा सम्पन्न

६.३५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ ।

सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट ३ जना यादव अधिकारी, रामहरि शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सतिश गौतम गरी ४ जना जना सञ्चालक आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित भए ।

यसैगरी, वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालयलाई काठमाडौं महानगर–१० बाट ठाउँसारी गरी वडा नम्बर ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७।५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।

यस फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रही २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख सहरमा १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ ।

IME Lifesidebar
kumari