citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सिद्धार्थ बैंकको तेईसौं वार्षिक साधारण सभा सम्पन्न  

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा आज भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । ​बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु.१४,०८,९९,८०,१८५/– (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८/– (छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गगरेको छ । ,

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रा.लि) र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।

gold
himalayan life insurance long ad