माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं। माछापुच्छ्रे बैंकले ठूलो संख्यामा संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् ।
इच्छुक लगानीकर्ताले आजका मितिले ७ दिनभित्र आवश्यक कागजात सहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा आफूले किन्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।
बैंकले उक्त शेयर बिक्रीका लागि तेस्रोपटक सूचना प्रकाशित गरेको हो । तोकिएको समयमा खरिद निवेदन नपरेपछि पुनः शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ ।