प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निष्क्रिय खाता अद्यावधिक गर्न आग्रह
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।
फाइनान्सका विभिन्न कार्यालयमा १० वर्षदेखि शून्य मौज्दात रहेका र कारोबार पनि नभएका निष्क्रिय खाता अद्यावधिक गर्न खातावालालाई आग्रह गरिएको हो ।
यस्ता खाता भएका खातावालाले ३५ दिनभित्र नजिकैको कार्यालयमा गई खाता अद्यावधिक गरिसक्नुपर्नेछ । अन्यथा त्यस्ता खाता बन्द गरिने फाइनान्सले जनाएको छ ।