macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रा.लि. ले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।

जसका लागि प्रा.लि.ले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो । हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ ।

हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो ।

यो सम्झौतासंगै शशिला मोटर्स् प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ । सुरुमा प्रा.लि.ले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रा.लि. का प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।

हाइगर इभी भ्यानका प्रमुख बिशेषताहरु:

  • नेपालकै पहिलो १६ सिट क्षमताको इभी भ्यान ।
  • सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज ।
  •  ७० कि.वा. आवर ब्याट्री ।
  •  कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।
  • कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) ।
  •  १६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ भएको ।
  •  यात्रुको सुविधाका लागि एअर कण्डिसन सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।
  •  नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको ।
  •  ९० कि.वा. पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता भएको ।
  •  एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआर सहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउँदछ ।

 

 

२६ असोज २०८०, शुक्रवार १५:४२ बजे प्रकाशित

NTA long ad