stcnepal long ad
ime life insurance
national life
global ime bank long

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

२६ कात्तिक,सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले साेमबार अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो ।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो अन्तरिम आदेशका साथै रिट निवेदन आज खारेज भएको छ ।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो । (Source khabarbreak.com)

IME Lifesidebar
kumari