stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

यू–१९ क्रिकेट च्याम्पियनसिपः लगातार दुई पटक हारेपछि फाइनल पुग्ने नेपालको सम्भावना कम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ, कात्तिक २७ । भारतमा जारि अण्डर १९ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । मंगलबार भारतको टिम ए संग भएको खेलमा नेपालले १ सय ७ रनको लज्जास्पद हार व्यहोरेको हो ।

हैदराबादस्थित राजिव गान्धी स्टेडियममा भारत ए टिमले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा नौ विकेट गुमाउँदै १४० रनमा सिमित भयो । नेपालको इनिङमा विशाल विक्रम केसीले अर्धशतकीय योगदान दिँदा अन्यको प्रदर्शन भने निकै कमजोर रह्यो ।

ब्याटिङ लाइनका अन्य खेलाडीहरु सस्तैमा आउट हुँदा यू–१६ टिमका कप्तान विशालले संयमित ब्याटिङ गरे । एक विकेट गएपछि क्रिजमा आएका विशालले ११ चौका प्रहार गर्दै ६९ रनको योगदान दिए । शेर मल्लले २१ रन र आकाश चन्दले १९ रन बनाउँदा अन्य कसैले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका कप्तान रित गौतमले ५ रन बनाए । तीन खेलाडीले खाता नै खोल्न सकेनन् । हरि बहादुर चौहान, कुसल मल्ल र लोकेश बम शुन्य रन मै आउट भए । त्यस्तै अरुण एैरी ७ तथा खडक बोहराले ३ रन मात्र जोड्न सफल भए ।

नेपाललाई हराउनका लागि भारत ए टिमका नितिस कुमार रेड्डी र समिर रिज्भीले दुई–दुई विकेट लिए भने दशरथ कुमार, कल्यान हाल्दर, कृतज्ञ कुमार सिंह र याशस्भी जैसवालले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत एले ४८ ओभर दुई बलमा सबै विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो । भारतका लागि ध्रुव चन्द्र जुरेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै साई भारद्वाज सुदर्सनले ३४, यशस्वी जैशवालले ३३, नितिस कुमार रेड्डीले ३० रन जोडे । बलिङतर्फ शेर मल्लले तीन विकेट लिए भने आकाश चन्दले दुई विकेट हात पारे । प्रतिश जिसी र हरिबहादुर चौहानले पनि एक एक विकेट लिए । (Source : Diyopost.com)

prabhu mahalaxmi
kumari bank
kumari