sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

चलचित्र ‘घुइँचो’ दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्युजिक एन्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको घोषणा गरेको हो ।

यो चलचित्रबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् भने नायिका एलिजा गौतम रहेकी छन् । आरजे म्युजिक एन्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आगामी माघबाट ‘घुइँचो’को छायाङ्कन गर्ने निर्माण कम्पनीले जनाएको छ ।

यस्तै अभिनेत्री एलिजाले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् । यो चलचित्र जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा बन्नेछ ।

gold
prabhu bank
nawakantipur long