गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पारित मंसिर १० गते शनिबार वार्षिक साधारण सभा बस्ने
काठमाडौं । मंसिर १० गते शनिबार गुराँस लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश निर्णय गरेको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी बृद्धि हुने भएकाले सोही अनुरुप नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस इन्स्योरेन्सले कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार कात्तिक २२ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् ।


























