stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कामना फिल्म अवार्डस् २०७६

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पांचौ सस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ हिजो शनिवार ललितपुरस्थित हेरीटेज गार्डेनमा भव्य रुपमा सम्पन्न भएको छ । सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यस वर्ष दुई अवार्ड थपिएका छन् । कामना न्युज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर स्व. भरतलाल क्षेष्ठको नाममा भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्युज पब्लिकेसन्स्का प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडिया अवार्ड स्थापना गरी २ जना व्यक्तित्वलाई प्रदान गरिएको छ । समाजसेवाका क्षेत्रमा योगदान पु¥याउनेलाई प्रदान गरिने भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपियाँ सहित पहिलो पटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ भने सञ्चार क्षेत्रमा योगदान पु¥याउनेलाई प्रदान गरिने पुष्कर मिडिया अवार्ड २०७६ नगद १ लाख रुपियाँ सहित इमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ । काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर महानगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेशकृष्ण श्रेष्ठ र समिप श्रेष्ठले अवार्ड प्रदान गर्नुभएको थियो । प्रधान सम्पादक श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शन पश्चात यी दुई सम्मान प्रदान गरेर शुरु गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रको पर्दा अगाडी र पर्दा पछाडी रहेर योगदान पु¥याउने दुई फिल्मकर्मीलाई किर्तीमय दिर्घ योगदान सम्मान ( लाईफटाईम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो। प्रधान सम्पादक श्रेष्ठको निधनका कारण अभिनेता राजेश हमालले भावुक भएर कार्यक्रम सञ्चालन शुरु गरेको समारोहमा अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपियाँ सहित कलातर्पmको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँ सहित पर्दा पछाडीको कलाकार तर्फको किर्तिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरिएको थियो । उहाँहरुलाई कामनाका प्रेसिडेन्ट एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो अवार्ड समर्पण गर्नुभएको थियो । सम्मान प्रदान गरिँदा समारोहका सहभागीहरुले स्वस्फुर्त रुपमा उठेर सम्मान गरेका थिए।
समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जुरीको ९० र भोटिङको १० प्रतिशत अंक जोडी अवार्ड प्रदान गरिएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले चुमेको छ । १० विधाको मनोनयमा परेको प्रसादले अवार्डका मूख्य विधाहरु सर्वोत्कृष्ट चलचित्र सहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ । यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपिन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा शुशिल पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए । सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाई नभन्नु ल ५ ले पनि सह अभिनेत्री, बाल कलाकार, गीतकार, संगीतकार तथा छायाकन गरी ५ विधाको अवार्ड चुमेको छ । यो चलचित्रबाट प्रियंका कार्की सर्वोत्कृट सहअभिनेत्री, सेड्रिना शर्मा बाल कलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधान छायांकारको अवार्ड चुम्न सफल भए। यो फिल्मबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाई नभन्नु ल ५ गरी २ फिल्मबाट संगीतकारको मनोनयनमा परेका थिए ।
गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पञ्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक सम्वाद र ध्वनि मिश्रण गरी ३ विधाको अवार्ड चुमेको छ । हास्य विधाको अवार्ड केदार घिमिरेले चुमे । उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए । यससँगै कविराज कामना फिल्म अवार्डमा लगातार ५ औं अवार्ड चुम्न सफल भएका छन् । १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकसँगै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ । चलचित्र साईंलीबाट अभिनेता दयाहाङ राईले सह अभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्डलाई पनि आप्mनो बनाएको छ । यस वर्षको गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौंबाट वर्षको सर्वोत्कृष्ट खलपात्र ठहरिए । त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्धन्द निर्देशक, चलचित्र बाँध मायाले पाश्र्व गायिका र चलचित्र चक्कर श्रृगार विधाको अवार्ड विजेता भएको छ । समारोहमा चलचित्र हरीलाई जुरी अवार्ड प्रदान गरिएको छ ।
राजेश हमालको कार्यक्रम प्रस्तुतिबाट शुरु भएको कार्यक्रमलाई नरेश भट्राई र मन्दिरा ढुंगेलले अगाडि बढाएका थिए भने तारा थापा, प्रविशा अधिकारी, समीक्षा अधिकारी, आनन्द कार्की, देविका वन्दना, शम्भुजित बासकोटा, प्रल्हाद तिमिल्सिना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा, र मदनकृष्ण श्रेष्ठले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए भने नायक भुवन केसीले छुट्टै गीत गाएर रोमाञ्चक तुल्याएका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari