stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

स्प्राईट लगाउँ, प्यास बुझाउँ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । स्प्राईटले समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ” को टिभीसी सार्वजनिक गरेको छ । गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसंग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ ।
नयाँ टिभीसीमा स्प्राईट कै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन् । यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरुको सामना गर्छौ जो कोलाहपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन्, जसले सबैको सवारीलाई अप्रिय र असहनीय बनाउँदछ ।
टिभीसीको शुरुवातमा गर्मीको दिनमा पसिनाले धेरै भिजेका अनमोल केसी बस स्टपमा बस पर्खिरहेका हुन्छन् । अनमोल बसमा चढ्छन् र एउटा मात्र खाली रहेको सिटमा बस्न लागि रहँदा एक जना आपत्तिजनक मानिसले उसलाई धक्का दिएर आफू बस्छ ।

पहिले नैै बस एकदम भीड थियो त्यस माथि गर्मी पनि थियो, तर, त्यो मानिसको असभ्य व्यवहारले अझ बढि असहनिय बनाइरहेको हुन्छ । उसले बसको सहचालक सहित सबैलाई दिक्दार बनाउँदै एसीको माग गरिरहेका हुन्छन् र मौसमको बारेमा गुनासो गरिरहेका हुन्छन् ।

जब उसको व्यहोराले सबैको पारो ततायो, अनमोल केसीले आफूलाई चिसो स्प्राईटले शान्त बनाए । त्यसपछि अनमोलले असभ्य मान्छेलाई हेरे र तीक्षण तरिकाले स्प्राईटको बोतल देखाउँदै “हाम्रो एसी” भनेर उद्घृत गरे । असभ्य मान्छे आश्चयचकित भयो र अनुहारमा असजिलोपन महशुस गर्दै बस्यो ।
टिभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हामी सबैले चुनौतिपूर्ण व्यक्तिहरु भेटेका हुन्छौं जसले कहिलेकाहिँ हाम्रो धैर्यताको जाँच गर्दछन् ।

स्प्राईट जहिले पनि एक रिफ्रेसिङ्ग पेय पदार्थको रुपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ । तसर्थ जब परिस्थीतिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राईट पिउनुहोस् र आफुलाई शान्त राख्नुहोस् ।”

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long