stcnepal long ad
global ime bank long

पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ सौन्दर्य प्रतियोगिता हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । विभिन्न वर्ग र समूहका लागि प्रतिभा मूलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रा.लि.ले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा एकै साथ अबिबाहित र बिबाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्टार वन इन्टरनटेनमेटकी अध्यक्ष पूजा निरौलाका अनुसार पर्यटन क्षेत्रलाई सघाउने उद्येश्यका साथ पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आगामी चैत्र ११ गते जमलस्थित राष्ट्रिय नाचघरमा मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजम २०२० आयोजना गर्न लागिएको हो । तेश्रो संस्करणको मिसेस नेपाल टुरिजममा अनु गुरुङ, चन्दा दाहाल अधिकारी, अमृता गिरी तिमल्सिना, रोशनी बडे, आरतीमाया लामा, सविता मोक्तान, मनिता रिसाल बुढाथोकी, आरती सिंह, सिर्जना लिम्बु महर्जन, बन्दना राजभण्डारी, प्रनिषा कार्की भण्डारी, सिर्जना लामा, निशा खरेल र लिरा पोखरेल गरी कुल १४ प्रतिस्पर्धिहरुले अन्तिम प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।


त्यसै गरी दोश्रो संस्करणको मिस टिन टुरिजममा रोजिना तिवारी, अस्मिता कलाखेती, पासाङ भोटे, रेबिका श्रेष्ठ, प्रेना शाही, वर्षा शाह, रचना श्रेष्ठ र अनमोल शर्मा समेत ८ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
दुबै प्रतियोगिता कोरियोग्राफर अश्विनी झा को कोरियोग्राफी र बालकृष्ण पोखरेलको संयोजनमा हुँदैछ । दुबै प्रतियोगिताका प्रतियोगिहरुलाई विभिन्न विषयमा तालिम र प्रशिक्षण दिईरहेको इभेन्ट संयोजक पोखरेलले जानकारी गराए ।

IME Lifesidebar
kumari