मिस नेवाः ११४० मा २५ प्रतिस्पर्धी छनोट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १७ फागुन २०७६

काठमाडौं । नेप्लीज फेसन होम (एनएफएच इभेन्ट्स) ले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको प्रतिभा तथा सौन्दर्य प्रस्फुटन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११४०’ को अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।

नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको जगेर्णा गर्ने उदेश्यले यो प्रतियोगिता आयोजना गर्दै आएको होमकी अध्यक्ष हेमा मानन्धरले बताईन् ।

शुक्रवार सम्पन्न भएको अडिसनबाट १५ औं संस्करणको मिस नेवाः का लागि २५ जना प्रतिस्पर्धिहरु छनोट गरिएको छ । अडिसनमा छनोट भएका प्रतिस्पर्धिहरु काठमाडौं, भक्तपुर, ललितपुर लगायत अन्य जिल्लाको प्रतिनिधित्व गर्दै सहभागि भएका छन् । मिस नेवाः को ग्राण्ड फिनाले वैशाख दोस्रो साता कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।

अडिसनमा कोरियोग्रँफर रोजिन शाक्य, नेपाल क्योकूसिन सेइसीन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठ, मिस नेवाः ११३९ नीतु डंगोल, पूर्व मिस नेवाः रीजु मानन्धर तथा सञ्चारकर्मीद्वय त्रिलोचन प्रधान तथा कृष्ण भट्टराई निर्णायकको रुपमा रहेका थिए ।

यस पटकदेखि मिस नेवाः प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार पाउने भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार यो वर्ष ‘मिस नेवाः ११४०’ को उपाधि जित्ने प्रतिस्पर्धिले नगद एक लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछिन् । फस्र्ट रनर्स अप तथा सेकेण्ड रनर्स अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव डेढ महिना लामो प्रशिक्षण दिइने छ । त्यसक्रममा उनीहरुलाई नेपाल भाषा, कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ ।

 

IME Lifesidebar
kumari