sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

पाँच करोड लगानीमा ‘रेष्टुराँ’ मासुजन्य पशुपंक्षी रेष्टुराँ भित्रै

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १७ फागुन २०७६ ।

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ । दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई स्वस्थकर खाना प्रदान गर्नका लागि रेष्टुराँभित्रै ती  मासुजन्य पशुपंक्षी पालेको हो । आगामी दिनमा कालिज, अष्ट्रिज र खरायो पाल्ने योजना बनाएको रेष्टुराँका सञ्चालक विष्णु भण्डारीले जानकारी दिए । एक वर्ष लगाएर रु पाँच करोड लगानीमा निर्माण गरिएको उक्त रेष्टुराँमा १० देखि ३०० जना अट्ने गरी सभाहल निर्माण गरिएको  छ ।

बैठक गर्न मिल्ने साना गोप्य कोठादेखि विभिन्न सभा समारोहमा पार्टी गर्न मिल्ने गरी ठूला हल रहेका छन् । ३० वर्षभन्दा बढी होटल तथा रेष्टुराँ क्षेत्रमा काम गरेका अनुभवी भण्डारीले पानीपोखरीस्थित दोचा मार्गमा पाँच रोपनी जग्गा भाडामा लिएर उक्त रेष्टुराँ स्थापना गरेका हुन । उनीसँग सोल्टी होटल, अमेरिका, साइप्रस, बरमुडालगायत आधा दर्जन मुलुकमा काम गरेको अनुभव छ । रेष्टुराँभित्र ‘अकोरियम वार’ निर्माण गरिएको छ । रेष्टुराँभित्र हाल ३० कर्मचारी कार्यरत छन् । रेष्टुराँ परिसरभित्र ओखरको ठूलो रुख रहेको कारण ओखरको अङ्ग्रेजी शब्द ‘वालनट’बाट उक्त रेष्टुराँको नामकरण गरिएको हो ।

पछिल्लो समय मुलुकका विभिन्न होटल तथा रेष्टुराँमा उत्पादित खानामा गुणस्तर खस्कँदै गएकाले गुणस्तरीय र स्वस्थ्य खाना खुवाउनका लागि उक्त रेष्टुराँ स्थापना गरेको सञ्चालक भण्डारी बताए । “रेष्टुराँभित्र आवश्यक पर्ने मसलासमेत हामी आफैँ उत्पादन गर्छौं”, उन भने । आगामी दिनमा ग्राहकको इच्छा र चाहनालाई मध्यनजर गर्दै सेवा विस्तार गर्दै लैजाने उनले जानकारी दिए ।

gold
prabhu bank
nawakantipur long