तिमी बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक
काठमाडौं । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहार स्वरुप रमाईलो म्युजिक भिडियो सहित नयाँ गीत सार्वजनिक गरेको छ ।
व्याण्डले विजया दशमी २०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेको हो । अमेरिकाको क्यालिफोर्निया स्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो । भिडियोमा व्याण्डका गितारिष्ट रुपकलामा र उनको पत्नी इन्दिरा राईले अभिनय गरेका छन् । भाइब्जको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
द भाइब्ज व्याण्डले केही अघि मात्र आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो। व्याण्डले २० वर्ष अघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादुु बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो ।
द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको मेहनत पछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलो पटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो ।
पहिलो एलबमबाटै वाहवाही पाएपनि व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नक लागि अर्को ४ वर्ष कु¥यो र सन् २०१३ मा दोस्रो एलबमको हुँ मबजारमा ल्यायो ।
पहिलो एलबम ल्याए लगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए ।
व्याण्डमा दिरेकलाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपकलामा गितारिष्ट रहेका छन् । व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीत माथिको म्युजिक भिडियो मार्फत समेत ख्याति आर्जन गरिसकेको छ ।

























