stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व तीजलाई लक्षितगरी गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ ।

अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

नेपाली मौलिक शैलीमा तयार गरिएको यस गीतमा रावल जनकको शब्द र संगीत, सन्दीप कार्कीको एरेञ्ज र अडियो मिक्सिङमा विष्णु मानन्धर तथा मनोज परियारको छ ।

रेकर्डिङ नेपालका विक्रम थापा र अमेरिकाका ॐ कर्माचार्यले गर्नुभएको हो । भिडियो निर्देशन केशवराज भट्टले गर्नुभएको छ भने जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य रहेको छ ।

नेपाल र अमेरिका दुवै देशमा छायांकन गरिएको गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ । सुशीला बस्नेतले यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’ जस्ता गीतहरू सार्वजनिक गर्नुभएको छ ।

IME Lifesidebar
kumari