stcnepal long ad
nabil bank
macchha(MBL)

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्वजनिक भएको छ । गीतमा पौडेलसँगै गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ ।

वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन्। अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए ।

उनले भने “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि सम्झौता गरेका छैनौ ।”

यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ –छप्प नाचौँ”, “यसपालि को तीज रमाइलो” र “बडा दसैँ बडा दसैँ, हर्षको आगमन” गीतहरू पनि सार्वजनिक भएका थिए ।

prabhu mahalaxmi
kumari