sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक भएको छ ।

शिव परियारको स्वर र टेकेन्द्र नेपालीको संगीत र साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा ध्रुव न्यौपाने, विपना बुढाथोकी, रोनीश खड्का, कुमार भारतीलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । गीतमा अहंकार त्यागौं सँगै बाँचांै भन्ने सन्देश व्यक्त गरिएको छ ।

डा।उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

gold
prabhu bank
nawakantipur long