sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पुजार सार्कीको ट्रेलरमा जातीय विभेदविरुद्ध आवाज जेठ १० बाट रिलिज हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जातीय विभेदविरुद्ध निर्माण भएको चलचित्र ‘पुजार सार्की’ १० जेठबाट रिलिज हुँदैछ । यो चलचित्रको मंगलबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरियो ।

चलचित्रको ट्रेलर ४ मिनेटको छ । ट्रेलरमा चार दशक पुरानो कथा उठान गरिएको छ । जहाँ पञ्चायतकालीन समयको कथालाई प्रस्तुत गर्न खोजिएको छ ।

जसमा अभिनेता प्रदीप खड्का दलित युवा मइतेको भूमिकामा छन् भने शीर्ष भूमिका पुजारीमा अभिनेता आर्यन सिग्देल छन् । अर्का अभिनेता पल शाह गाउँको ठकुरीको भूमिकामा छन् ।

चलचित्रको ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ । सहरबाट गाउँ आएका आर्यन सिग्देलले पुजारीका रूपमा जातीय विभेद उन्मूलनको प्रयास गरेको ट्रेलरमा उल्लेख छ ।

दलित बनेका प्रदीप शास्त्र पढेपछि बाहुन बनिन्छ भन्ने मानसिकतामा रहेको ट्रेलरमा उल्लेख छ । पल शाह परिवर्तनकारी युवाको भूमिकामा छन् ।

आर्यन, पल र प्रदीप पहिलोपटक एउटै चलचित्रमा प्रस्तुत भएका हुन् । यी तीनसहित यो चलचित्रमा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्यलगायतका कलाकार यो चलचित्रमा छन् ।

यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यो चलचित्रका निर्माता सुवास भुसाल हुन् ।

चलचित्रका सबै संगीत पनि सुवासले नै सिर्जना गरेका छन् । हर्क साउद, ‘बी’ पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देवेन्द्र बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डीओपी रहेको पुजार सार्कीलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।

किंगडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।

gold
nawakantipur long