stcnepal long ad
global ime bank long

छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनमा १३ प्रतियोगी चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको पहिलो अडिसन सम्पन्न भएको छ ।

रोज ब्युटी एकेडेमी रविभवनमा शुक्रबार सम्पन्न पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका छन् । रोज ब्युटी एकेडेमीकी अध्यक्ष तथा अग्रज ब्युटिसियन सोनी कारँजितको अध्यक्षतामा भएको अडिसनबाट यो प्रतियोगिताको लागि चयन भएका प्रतियोगीहरुमा सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठरहेका छन् ।

यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुका अर्को अडिसन आगामी ५ बैशाखमा राखिएको पनि आयोजक सोनी कारँजितले कार्यक्रममा जानकारी गराईन् ।

छैटौं सिजनको यस अडिसनको निर्णायकहरुमा अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धर, लायनद्धय नकुल गिरी, सुरेन्द्र गिरी, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजित, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता सरिता भारती, ब्युटिसियन सकुन्तला अवाले, हालकी ब्युटिसियन ट्यालेन्ट नेपाल मनिषा श्रेष्ठ र सेकेन्ड रनरअप श्वेता श्रेष्ठ मगर रहेका थिए ।

बिगत झैं यसपटक पनि यो प्रतियोगिताको आयोजना रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा।लि।ले सँयुक्त रुपमा गर्न लागेको छ । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ को उपाधि बिजेताले यसपटक काठमाडौं बैंकक काठमाडौंको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् ।

यदि हवाई टिकट नलिएको खण्डमा ५० हजार रुपैयाँ र क्राउन प्राप्त गर्नेछन् । फस्ट रनर अप, सेसेन्ड रनरअप लगायतलाई पनि विभिन्न पुरस्कारहरु रहेको छ । बिजेताहरुले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अबसर, मोडलिङ गर्ने अबसर पनि प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् ।

सो प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि।बि। ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ ।

यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ । यस्तै उनीहरुको विशेष फोटो शेसन र भिडियो सेसन पनि हुने आयोजक पक्षले जनाएको छ ।

IME Lifesidebar
kumari