stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज डिप्रोक्स लघुवित्तको २२औं वार्षिक साधारण सभा

लाभांश प्रस्ताव पारित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आज चैत्र २५ गते बस्दैछ ।

साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश ९कर प्रयोजनार्थ० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा विहान १० बजेदेखि सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari