stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको औपचारिक उद्घाटन 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरुवात भएको छ। करिव १ महिना अगाडी देखि संचालनमा आएको उक्त पार्कको अभिनेत्री प्रियंका कार्कीले औपचारिक उद्घाटन गरेकी छन्।

सोमबार एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्नेछन्। आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इण्डूअर र आउटडूअर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ।

सस्तो मुल्यमा धेरै खेलहरु एकैठाउ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य बिशेषता हो। साथै स(परिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ।

अभिनेत्री प्रियंका कार्कीले सोमबार आयोजित एक भव्य कार्यक्रमको बीचमा ‘उप्स’ को उद्घाटन गरेकी छन्। रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन्। संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान् संग पुगेकी थिइन्।

कार्यक्रममा बोल्दै प्रियंकाले सवै प्रकारका खेलहरु खेल्न सकिने ठाउ आकर्षक बनेको बताईन्। प्रियंका भन्छिन्, ‘सवै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए।

ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ। ‘ छोरी आयंकासंग पुगेकी प्रियंकाले चाडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने जानकारी गराईन्।

भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा संचालनमा आएको हो। नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । बिभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उदेश्य हो ।

 

prabhu mahalaxmi
kumari