macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एभरेष्ट बैंक र धनगढी नेत्रालय प्रा. लि. बिच विशेष छुट प्रदान गर्ने सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १० ५ सम्मसाथै फार्मेसी तथा सर्जरीमा सेवामा ५५ सम्मकोविशेष छुटको लाभ लिन सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदुर पश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म१४ लाख भन्दा बढीसन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४ ए्.टि.एम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइलरइन्टरनेटर एस्.एम्.एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

himalayan life insurance
igi long
NTA long ad