citizens life insurance long ad
stcnepal long ad

छानिए डिएसए डान्सिङ स्टार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३ सिजन–११’ मा विधागत रूपमा विभिन्न विजेता चुनिएका छन् ।

नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’ को उपाधि अर्पण पोखरेलले जित्दा तिम्बना अधिकारी फस्र्ट रनरअप र अरियाना कुमाल सेकेन्ड रनरअप बन्नुभयो ।

त्यस्तै ‘जुनियर डिएसए डान्सिङ स्टार’ तर्फ प्रितिका तिवारी विजेता, आरभ गुरुङ फस्र्ट रनरअप, कृतिमा तिमल्सिना सेकेन्ड रनरअप, हुनुभयो भने ‘जुनियर डिएसए सिङ्गिङ स्टार’ तर्फ सनिस्ता रेग्मी विजेता, मन्दीप शाह फस्र्ट रनरअप, सृष्टि कार्की सेकेन्ड रनरअप बन्नुभयो ।

‘जुनियर डिएसए एक्टिङ स्टार’ तर्फ पवनराज मुडवरी विजेता, विधान न्यौपाने फस्र्ट रनरअप, मन्जितजङ्ग पाण्डे सेकेन्ड रनरअप बन्नुभएको थियो ।

‘प्री–टिन डिएसए डान्सिङ स्टार’ तर्फ तेजस्वी सुवेदी विजेता, रोस्मा वली फस्र्ट रनरअप, अलास्का थापा मगर सेकेन्ड रनरअप र ‘प्री–टिन डिएसए सिङगिङ स्टार’ मा अरुनेक्स श्रेष्ठ विजेता, प्रिन्स साउद फस्र्ट रनरअप, युनिक थापामगर सेकेन्ड रनरअप हुनुभयो ।

IME Life
kumari