citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद नाघेका खाद्यान्न भेटियो, ६ वटा गोदाम सिल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ ।  कुलेश्वरस्थित गुञ्जेश्वर ट्रेड लिङ्कको गोदाममा म्याद नभएको खाद्यान्न फेला परेको छ । अनुगमन गर्दा चामल र दाल लगायतका सामग्रीमा म्याद नभएको भेटिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ खडगबहादुर श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले गुन्जेश्वरी ट्रेड लिङ्कको गोदाम सिल गरेको छ । गुञ्जेश्वरीको ६ वटा गोदाम सिल गरेर अनुसन्धान अघि बढाएको सहायक प्रजि श्रेष्ठले जानकारी दिए । प्रशासनले ओम शिवशक्ति ट्रेडिङ कन्सर्नमा पनि छापा मारेको छ ।

ओम शिवशक्तिले बेच्ने तेलमा शंका लागेपछि अनुगमन टोलीले परीक्षणका लागि तेलको स्याम्पल ल्याएको छ ।

गुन्जेश्वरीमा तौल कम भएका चिनिका बारो भेटिएको छ । गुन्जेश्वरीको स्टोर चिनि भण्डारका लागि अयोग्य रहेको अनुगमन टोलीको निष्कर्ष छ ।

त्यसबारे अनुसन्धान भइरहेको सहायक प्रजिअ श्रेष्ठले बताए । गुन्जेश्वरीका सञ्चालक सन्तोष खेतान हुन् ।

himalayan life insurance
igi long