Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

१३ शाखाका लागि मञ्जुश्री फाईनान्सले माग्यो कर्मचारी

civilbank long ad

काठमाडौं । १३ वटा शाखाका लागि  मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक लागि  कर्मचारी माग गरेको जनाएको छ ।

आवेदकले व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले व्यक्तिगत विवरण तथा निवेदनमा कार्य गर्न इच्छुक शाखा र पद उल्लेख गरी विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र वा साउन ३ गतेभित्र कम्पनीमा आवेदन दिने आग्रह गरेको छ ।


१ साउन २०७८, शुक्रवार ०७:२६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad