citizens life insurance long ad

इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रिक्त रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २७ को उपदफा (१) अनुसार रजिष्ट्रार नियुक्तिका लागि आवेदन खुला गरेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले कार्यालय समयमा सिंहदरबारस्थित पूर्वाधार निर्माण तथा यातायात महाशाखामा रीतपूर्वक दरखास्त बुझाउन अनुरोध गरेको छ ।

उक्त पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव भएको, उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।

यस्तै, उम्मेदवारले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागू औषध कारोबार, अपहरण लगायतका गम्भीर फौजदारी अपराधमा सजाय पाएको नभएको प्रमाणित हुनुपर्नेछ।

IME Lifesidebar
kumari