stcnepal long ad
ime life insurance
global ime bank long

काठमाडौँको मतपत्र छपाइ सकियो

अन्य महानगरको मतपत्र आजदेखी छापिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी सकेको छ। बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ। अब मधेस प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ।

अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुनः मतपत्र छाप्ने आयोगको तयारी छ।

यसैबिच आयोगले काठमाडौं महानगरका लागि पनि मतपत्र छपाइ सकेको छ। तीन लाख मतपत्र छपाइ गरिएको हो। काठमाडौं महानगरमा ५६ दलले निर्वाचनमा भाग लिने भएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार पनि छन्।

आयोगका अनुसार आजदेखि ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरको मतपत्र पनि छपाइ हुनेछ।

 

prabhu mahalaxmi
kumari