citizens life insurance long ad
stcnepal long ad

समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले दुई लाख १५ हजार २३१, नेकपा (एमाले) ले एक लाख ७२ हजार ४५९, नेपाली कम्युनिष्ट पार्टीले ८३ हजार ८५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ३७०, श्रम संस्कृति पार्टीले २२ हजार ३८२, राष्ट्रिय परिवर्तन पार्टीले १७ हजार ५८, जनता समाजवादी पार्टीले पाँच हजार ३१७ र एकल चिह्न चकिया ९जाँतो०ले पाँच हजार ८३ मत प्राप्त गरेको छ ।

IME Life
kumari