stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

देशभर उम्मेदवारको मनोनयन दर्ता उत्साहपूर्ण–आयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज उत्साहपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनद्दवयनको समय तोकिएको थियो । निर्वाचन आययोगले ५ बजेको समयसीमा भित्र मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मद्वारहरुले त्यसअपछिको समयमा पनि मनोनयन दर्ता गर्न पाउने जनाएको छ ।

आयोगले बेलुकी ६ः०० बजेसम्ममा दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका जानकरी दिएको छ । उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशैभर उत्साहपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको भन्नुहुदै अब निर्वाचनको बाँकी कार्यतालिका अनुसार आयोगले काम अघि बढाउने बताउनुभयो ।

आयोगका सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराउनुभयो । कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेको उहाँले बताउनुभयो ।

कम दर्ता भएको मुस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिनुभयो । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको जनाइएको छ ।

सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५÷३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नंं क्षेत्रको बाँकी छ ।

सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट जानकारी आएको जनाइएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

prabhu mahalaxmi
kumari