stcnepal long ad
ime life insurance
global ime bank long

सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने योजनाको इकाइ बाँडफाँड माघ ४ गते सम्पन्न गरिएको हो ।

सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजनाअनुसार प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन गरिएको थियो ।

जसमध्ये बीज पुँजी वापत न्यूनतम १ करोड ५० लाख इकाइ अर्थात् १५ करोड रुपैयाँ बराबरको इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

उक्त योजनाको इकाइ पुस ४ गतेदेखि पुस १८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो । सो अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएपछि प्रचलित कानुन बमोजिम योजनाको आकार २५ प्रतिशतले वृद्धि गरी कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाइ कायम गरिएको क्यापिटलले जनाएको छ । बढाइएको आकार अनुसार योग्य ६७ हजार ७२० आवेदकलाई ९बीज पुँजीसहित० इकाइ बाँडफाँड गरिएको छ।

इकाइ निष्कासन तथा बिक्री प्रक्रियामा सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, सञ्चार माध्यम तथा सम्बन्धित सबै निकायप्रति सिटिजन्स क्यापिटलले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

सिटिजन्स क्यापिटलले योजना व्यवस्थापन तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रार तथा संस्थागत परामर्श सेवाजस्ता विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ।

कम्पनीले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवा विस्तार गर्ने जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।

prabhu mahalaxmi
kumari