citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा पूर्वपदाधिकारी नै आकाङ्क्षी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राख्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् ।

उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्यले पनि दरखास्त दिनुभएको छ ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्राडा इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेलले पनि उपकुलपतिका लागि दरखास्त दिनुभएको छ ।

सङ्गीता रायमाझी, सञ्जय आचार्य, प्रा.डा. टङ्कनाथ धमला, प्रा.डा. आनन्दवल्लभ जोशी, प्रा.डा. अक्कलजेव मिश्र, प्रा.डा. ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्रा.डा. ज्ञानेन्द्रप्रसाद पौडेल, डा. विनयकुमार झा, डा. शुभनारायण पाठक, प्राडा महानन्द चालिसे, सूर्यबहादुर थापा, प्रा.डा. भोजराज अर्याल लगायतले पनि दरखास्त दिनुभएको मन्त्रालयले जनाएको छ ।

दरखास्त दिने अन्यमा भीमसेन देवकोटा, प्राडा वेदनाथ शर्मा, प्रा.डा. नारायणप्रसाद बेल्बासे, प्राडा हेमराज शर्मा, प्राडा प्रकाश घिमिरे (काठमाडौँ), प्रा.डा. प्रकाश घिमिरे (गोरखा), डा. रामचन्द्र बस्नेत, प्राडा केदारनाथ घिमिरे, प्रा.डा. महेन्द्रप्रसाद शर्मा, प्राडा विनोद पराजुली, प्रा.डा. देवबहादुर खड्का, प्रा.डा. कृष्णराज तिवारी, प्रा.डा. गोविन्द सुवेदी, प्रा.डा. नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्रा.डा. रामप्रसाद रेग्मी, प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. त्रिरत्न बज्राचार्य, प्रा.डा. एकराज ओझा र प्रा.डा. प्रमोदकुमार झा हुनुहुन्छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । उपकुलपतिका लागि समितिले पहिलो पटक गत पुस २० गते दरखास्त आह्वान गरेको थियो ।

 

gold
himalayan life insurance long ad