stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २३ र २४ ओैं साधारण सभा फागुन ७ गते हुने

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर। ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. को गत २०८० माघ १ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको २३ र २४ ओैं साधारण सभा आगामी २०८० फागुन ७ गते दिउँसो १ बजे संस्थाको मुख्य कार्यालय ललितपुर महानगरपालिका –३ पुल्चोकमा हुने संस्थाका सचिव सुरेन्द्र भण्डारीले जानकारी दिएका छन।

संस्थाले दिएको जानकारी अनुसार आगामी २३ र २४ ओैं साधारण सभामा अध्यक्षको प्रतिवेदन, लेखा परिक्षणको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वासलत,नाफा नोक्सान,,नगद प्रवाहको विवरण छलफल गरि पारित गर्ने,आर्थिक वर्ष २०७८/८९ को खुद मुनाफाबाट सेयर धनी सदस्यहरूलाई लाभांश वितरण प्रस्ताव उपर छलफल गरि निर्णय गर्ने,आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षक नियुक्ति सम्बन्धि कार्य अनुमोदन गर्ने,आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयमा छलफल गरि निर्णय गर्ने प्रस्ताव रहेका छन।

यसैगरि साधारण सभामा लेखा समितिले पेश गरेको आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, वर्तमान सञ्चालक समितिको पदावधि समाप्त भएको हुँदा संस्थाको विनियममा व्यवस्था भए बमोजिम सञ्चालक समितिका अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र तीन जना सदस्य गरि ७ जना र लेखा संयोजक र दुई जना लेखा सदस्य पदाधिकारीको निर्वाचन गर्ने र संस्थाको २३ र २४ ओैं वार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न वर्तमान सञ्चालक समितिका पदाधिकारीहरूको अतिरिक्त सेयर सदस्यहरूको तर्फबाट प्रतिनिधिहरू चयन गर्ने प्रस्ताव रहेको संस्थाका सचिव सुरेन्द्र भण्डारीले जानकारी दिएका छन।

श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. को वित्तिय अवस्था दुई वर्ष अगाडिदेखि केही खराब भएको, ऋणा लिएका सदस्यहरूले समयमा ऋणको ब्याज र किस्ता नतिरेकाकारण बचतकर्ताको निक्षेप निर्धारित समयमा फिर्ता गर्न नसकेको कारण केही समस्या देखिएपनि सञ्चालक समिति र व्यवपस्थापनले ऋण असुलीमा केही कडाइ गरेपछि वित्तिय अवस्था सुधार उन्मुख भएको छ।

बचतकर्ताहरूले बचत फिर्ता पाउन थालेका छन। सेयर सदस्यहरूलाई मुनाफा रकमबाट केही लाभांश दिने अवस्थामा समेत सहकारी संस्था पुगेको संस्थाको उच्च स्रोतले बताएको छ।

prabhu mahalaxmi
kumari