evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

वाणिज्य बैंकको नाफा ७० अर्ब : कुनले कति कमाए ?

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.९३% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने यसलाई ग्लोबल आइएमई बैंकले पछ्याएको छ ।

नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार नाफा कमाएको छ भने ग्लोबल आइएमईले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ ।

सबैभन्दा धेरै नाफा बढ्नेमा पनि नबिल बैंक रहेको छ । एक वर्षमा यसको नाफा ७६.८६% ले बढेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।  २० वाणिज्य बैंक मध्ये  प्राइम र कुमारी बैंक बाहेक अरु सबैको नाफा बढेको छ ।

igi long
himalayan life insurance long ad