citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ नेपाली बजारमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।

डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ हेर्दैखेरी अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ ।

जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको छ । ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ ।

६ जिबि ¥याम र ६ जिबिको एक्स्टेन्डेड ¥याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ ।

नेपाली बजारमा रु २३,९९९ मा सार्वजनिक भएको वाइ २७ हेर्नमा अत्यन्त आकर्षक छ । यो मोडलमा इनोभेसन र क्राफ्टम्यानशिप प्रति भिभोको प्रतिवद्धता छल्किएको छ । राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरुको लागि यो उपयुक्त छनोट हो ।

यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँछ । औँठीको आकारबाट प्रभावित यसको डुअल रिङ्ग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ ।

यसको ज्यामितिय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ । त्यस्तै ग्लिटर एजिको म्याट सर्फेस भएको हुँदा यो फोन समाउनमा सजिलो हुनुको साथै केरिने समस्या र औँलाको दाग बस्ने अथवा पनि हुँदैन । डायमन्ड प्याटर्नले टेक्स्चरलाई कलात्मक रुप दिएको छ ।

नयाँँ लन्च भिभो वाइ २७ को बारेमा बोल्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भन्नुभयो “अहिलेको उपभोक्ताहरुको आधुनिक मागहरु सम्बोधन गर्नको लागि भिभोको वाइ सिरिजमा निरन्तर रुपमा उल्लेखनीय प्राविधिक अपग्रेड गर्दै आइरहेको छ ।

हाम्रो नयाँँ वाइ २७ ले हाम्रा उपभोक्ताहरुलाई आफ्ना अमुल्य क्षणहरुलाई सुन्दर तरिकाले कैद गर्न सुन्दर फोनमा कैद गर्न सजिलो बनाउनेछ । हाम्रा उपभोक्ताहरुको परिवर्तन भईरहने चाहनालाई कटिङ एज टेक्नोलोजी र उत्कृष्ट पर्फर्मेन्स युक्त फोनहरुको साथ सम्बोधन गर्ने हाम्रो प्रतिवद्धता सदैव जारी रहने छ ।”

५० एमपिको अल्ट्रा क्लियर क्यामरा र २ एमपिको बोके क्यामरा सहितको डुअल क्यामराले खिचेका तस्विरहरुमा उत्कृष्ट डिटेलहरु पाउन सकिन्छ ।

त्यस्तै यसमा  भएको ८ एमपिको फ्रन्ट क्यामराले गर्दा उतिकै सुन्दर सेल्फीहरु पनि लिन सकिन्छ ।

त्यस्तै यसमा भएको सुपर नाइट सेल्फीले एआइ फेस ब्युटी र औरा स्क्रिन लाइट प्रयोग गरेर कम उज्यालोमा पनि जसले गर्दा सेल्फीमा ग्लो दिन्छ ।

बर्गन्डी ब्ल्याक र सि ब्लुजस्ता आकर्षक रङहरुमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank