stcnepal long ad
global ime bank long

अघिल्लो वर्षभन्दा घट्यो मूल्यवृद्धि, ७.४१ प्रतिशत कायम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फिति ७.४१ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मूल्यवृद्धि ७.४१ प्रतिशत कायम भएको हो।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति भने ९.४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.८९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सूर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

२०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति ३।३१ प्रतिशत रहेको छ। समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ।

IME Lifesidebar
kumari