सनराइज बैंकको खुद नाफा घटे
काठमाडौं । सनराइज बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ८.३३ प्रतिशतले घटेर १ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १४ करोड १७ लाख रुपैयाँ थियो ।
यो त्रैमासम्म बैंकको खुद ब्याज आम्दानी ३७.५२ प्रतिशतले बढ्दा सञ्चालन नाफा ७.४८ प्रतिशतले घटेको छ ।
हाल यसको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसाले घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ ।
गत वर्ष यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ १४ पैसा रहेको छ ।
























